धरानको जंगलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा चार जना पक्राउ
सुनसरी । धरानको जङ्गलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न आरेपमा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मृतकको देवर, देवरको श्रीमती, नन्द र एक सहयोगी छन् । उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती झापा र मोरङबाट पक्राउ गरेको हो ।
सुनसरीको धरान ६ पानवारीस्थित पाँचकन्या जङ्गलमा गत चात २५ गते मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हिजो मात्रै पहिचान खुलेको थियो ।
घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेकाहरू को नाम र घटना विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ ।


