समाचार सन्तुलित र विभेद रहित तरिकाले लेख्न तथा सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारको आग्रह
विराटनगर । काेशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले सम्पूर्ण क्षेत्रकाे समाचार सन्तुलित र विभेद रहित तरिकाले लेख्न तथा सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भएकाे छ ।
सञ्चारिका समूह काेशी प्रदेशकाे आज विराटनगरमा भईरहेकाे दाेश्राे अधिवेशनलाई सम्बाेधन गर्दै उहाले त्यस्ताे आग्रह गर्नु भएकाे हाे ।
समूहकी प्रदेश अध्यक्ष ईन्दिरा भट्टराईकाे अध्यक्षतामा सञ्चालित अधिवेशनकाे उद्घाटन सत्रकाे क्रममा उपसभामुख दनुवारले अहिले पनि विभिन्न क्षेत्रमा महिलाहरु प्रतिकाे विभेद कायम रहेकाे भन्दै यसकाे निराकरणका लागि सञ्चारकाे क्षेत्रबाट सन्तुलित एवं विभेद रहित समचार सम्प्रेषण गर्दा सघाउ पुग्ने धारणा राख्नु भयाे । उपसभामुख दनुवारले पत्रकार महिलाहरुका लागि मनाेविमर्श तालिम सञ्चालन गर्नका लागि पहल गर्ने प्रतिवद्वता समेत जनाउनु भएकाे छ ।
अधिवेशन उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जाेङ,सल्लाहकार विवेक गाैतम,नेपाल पत्रकार महासंघ माेरङका अध्यक्ष सुशिला पाठक, नेपाल प्रेस युनियन केन्द्रीय महासचिव अभय कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनकै क्रममा अग्रज पत्रकार महिला ललिता भट्टराईलाई सम्मान पत्र सहित दाेसल्ला ओढाएर सम्मान गरिएकाे छ ।
विगत २५ वर्ष देखि याे क्षेत्रमा काम गरिरहनु भएकी भट्टराईलाई पत्रकारिताकाे क्षेत्रमा उहाँले पुर्याउनु भएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएकाे हाे । अधिवेशनमा अहिले बन्दसत्र चलिरहेकाे छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।





