मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, चैत ३० गते । मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत २९ गते मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा को. १५ प १९६ नम्बरको मोटरसाईकल चालक उर्लाबारी-३ का ३५ बर्षीय किरण राई र मोटरसाईकल पछाडी सवार ३५ बर्षीय काजीमान लिम्बुलाई मोटरसाईकलमा लुकाईछिपाई ल्याउदै गरेको ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का ५१ बर्षीय कुमार लिम्बुलाई ब्राउन सुगर १ ग्राम सहित निजकै घरबाट पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गेको प्रहरी टोलीले बा. ४४ प ७७४९ नम्बरको मोटरसाईकल चालक धरान – ८ का २४ बर्षीय दिपेश लिम्बु र पछाडी सवार धरान-१९ का सुमन राईलाई प्रतिबन्धित लागु औषध ट्रमाटोल ५७० क्यापसुल र नियन्त्रित औषधी स्पास्पेन १ हजार ४७० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


