खोटाङमा सुम्निमा पारुहाङको शालिक तोडफोड
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित सुम्निमा पारुहाङ पार्कमा राखिएको सुम्निमा पारुहाङको पूर्णकद प्रतिमा अज्ञात समूहद्वारा तोडफोड भएको छ। तोडफोडबाट प्रतिमा र त्यसमा रहेको वाबु चिण्डोमा क्षति पुगेको छ।
करिब दुई वर्षअघि प्रदेश सरकार र गाउँपालिकाको लगानीमा ४० लाखमा निर्माण गरिएको यो प्रतिमा तोडफोड हुँदा ८ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घटना निन्दनीय र आपराधिक भएको भन्दै गाउँपालिकाले कडा कानुनी कारबाहीको माग गर्दै दोषीको खोजी भइरहेको जानकारी दिएको छ। किराँत समुदायको आस्थामाथि प्रहार भएको भन्दै चौतर्फी विरोध भएको छ।-स्रोत :निलोपाटी


