ताप्लेजुङमा बलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मुत्यू
ताप्लेजुङ,बैशाख ४ । ताप्लेजुङको फक्ताङलुङ गाँउपालिका-५ स्थित सडक खण्डमा बलेरो दुर्घटना हुँदा चालकको मुत्यू भएको छ ।
बैशाख ०३ गते दिउसो लेलेपबाट तापेथोक तर्फ जाँदै गरेको मे. १ च ५१९३ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरी दुर्घटना हुँदा बलेरोमा सवार पाँचथर फिदिम नगरपालिका-३ का २१ वर्षीय सौजन श्रेष्ठ र चालक सोही स्थानका २५ वर्षीय सरोज श्रेष्ठ घाईते भएकोमा उपचारको लागी आधारभुत स्वास्थ्य चौकी तापेथोक लगीएकोमा स्वास्थ्य चौकी पुर्याउनसाथ चालकको मुत्यू भएको हो ।
सौजन श्रेष्ठलाई थप उपचारको लागी जिल्ला अस्पतालल ताप्लेजुङको पठाईएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।


