धनकुटाकी चुन कुमारीको हत्या श्रीमानकै योजनामा भएको खुलाला,पक्राउ परेकालाई गरियो सार्बजनिक
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ पाँचकन्या जङ्गलमा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको आफ्नै श्रीमान्को योजनामा हत्या भएको खुलेको छ।
कोरियामा रहेका उनका श्रीमान् प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिनाले हत्यामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।
मुख्य योजनाकार मृतकको श्रीमान् प्रेमबहादुर बुढाथोकीलाई दक्षिण कोरियाबाट काठमाडौँ आए लगत्तै काठमाडौँ विमानस्थलबाट पक्राउ गरिएको एसपी तिम्सिनाले बताए ।
त्यलैगरि अन्य पक्राउ पर्नेहरूमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा बस्दै आएका प्रेमका भाइ ढकेन्द्र बुढाथोकी र उनकी श्रीमती सृष्टि बुढाथोकी , पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ स्थायी घर भई मोरङको उर्लाबारीमा बस्दै आएका योगेन्द्र गौतम र उनकी श्रीमती मिनु गौतम रहेका छन् ।
हत्यामा संलग्न अर्का एक जना भारतीय नागरिक भने फरार रहेको प्रहरीले जनाएको छ।
धनकुटाको महालक्ष्मी नगरुालिका –१ माइत भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएकी थिइन्।


