खोटांगमा चट्यांग पर्दा एक जनाको मृत्यु
खोटांग । खोटांगमा चट्यांगले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा नास्तुमका ५५ वर्षीय गंगा प्रसाद ढकाल रहेका छन् ।
ढकालको आज दिउँसो २ बजे चट्याङ पर्दा मृत्यु भएको हो ।


