उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ४८ को रामकुमार थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


