संखुवासभाको धर्मदेवीबाट लागूऔषध अफिम र ब्राउन सुगर सहित ३ जना पक्राउ
विराटनगर, बैशाख ७ गते । संखुवासभाको धर्मदेवी नगरपालिका-४ स्थितबाट अफिम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका-४ का राम बहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका-६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।


