सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, बैशाख ८ । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेशाख ०७ गते उदयपुरको बेलका नगरपालिका-३ स्थितमा लागु औषध कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा सोहि स्थानका ३० बर्षीय बद्री भन्ने बिशाल लिम्बुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर फेलापारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै त्रियुगा नगरपालिका- १२ का २६ बर्षीय मो इस्माइल अलीलाई लागुऔषध नाइट्राजेपाम-३२ ट्याब्लेट, त्रियुगा नगरपालिका-६ स्थितबाट प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटले को.२० प ३६८३ नम्बरको स्कुटी चालक सोहि स्थानका ४६ बर्षीया रेसु राई र स्कुटी सवार २९ बर्षीय सन्तोष साहलाई ट्रामाडोल ३०९ क्याप्सुल र स्पास्पेन ३०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।