बुलेरो गाडीमा आगोलागी हुँदा घाइते दुईको हेलिकप्टरद्वारा काठमाडौ लैजाने तयारी

ताप्लेजुङ,८ बैशाख । पाथिभरा मन्दिर दर्शन गर्न भक्तजन बोकेर गईरहेको बुलेरो गाडीमा आगोलागी हुदाँ ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बैशाख ८ गते बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट मन्दिर तर्फ जादै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चौक स्थित बाटोमा बिधुतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएर अचानक गाडीमा आगोलागी हुँदा ललितपुरको ललितपुर महानगरपालिका-१० की १६ बर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० बर्षीय विनोद पौडेल निजको ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक ताप्लेजुङको फुङलिङ नगरपालिका-१० का ४२ बर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको हो ।

घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलको कमाण्डमा खटिएको प्रहरीको टोलीले आगोलागीमा परेर घाईते भएकी ललितपुरको ललितपुर महानगरपालिका-१० की ४५ बर्षीया सबिना आचार्य निजको १० वर्षिय छोरा भबिमय आचार्यलाई तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ तर्फ पठाई गाडीमा लागेको आगोलागीलाई पुर्णरुपमा नियन्त्रणमा लिएको थियो ।

घाईते २ जनालाई थप उपचारकोलागी हेलीकप्टरद्दारा कठमाण्डौ लैजाने तयारी भईरहेको छ भने घटनास्थलमा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।