इलाममा फरक क्षमता भएकी बालिकालाई हात बाँधेर सामूहिक बलात्कार, दुई जना पक्राउ

इलाम । फरक क्षमता भएकी नाबालिकालाई हात बाँधेर सामूहिक बलात्कार गर्ने इलाममा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इलाम फाकफोकथुम गाउँपालिका ४ बस्ने ३८ वर्षीय साजन सुब्बा र सोही ठाउँ बस्ने ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन ।

उनीहरूले वैशाख ५ गते डर त्रास एवं धम्की दिई हात बाँधेर बोल्न कराउन नदिई नाबालिकालाई सामूहिक रुपमा जबरजस्ती करणी गरेका थिए ।

घटनापछि फरार रहेकाहरूको खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले वैशाख ६ गते लुकीछिपी बसेको अवस्थामा इलाम फाकफोकथुम गाउँपालिका ४ स्थित फुयतप्पाबाट दुवैलाई पक्राउ गरेको सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए ।

पक्राउ परेका दुवै अभियुक्तहरूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई वैशाख ६ गतेदेखि लागु हुने गरी ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको डीएसपी राईले जानकारी दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖