झापा कारागारमा कैद भुक्तान गरिरहेका इलामका एक कैदीको उपचारको क्रममा मृत्यु
झापा । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ।
इलाम माङ्सेबुङ गाउँपालिका–४ स्थायी ठेगाना भएका ५९ वर्षीय धन बहादुर बिश्वकर्माको शुक्रबार साँझ निधन भएको हो। ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका बिश्वकर्माको केही समयदेखि स्वास्थ्य अवस्था कमजोर देखिएको थियो।
मेडिकल रिपोर्टअनुसार उनको घाटीमा क्यान्सरको लक्षण देखिएको जनाइएको छ।


