झापा र भोजपुरमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

बिराटनगर, बैशाख १० गते । झापा र भोजपुरको बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बैशाख ९ गते झापाको कन्काई नगरपालिका-८ स्थितमा ना. ७ प २९९७ नम्बरको ट्याङकरले ठक्कर दिँदा साईकल यात्री अर्जुनधारा नगरपालिका- ५ का ५५ बर्षीय लेखनाथ सापकोटाको घटनास्थलमै मृत्यु भएको हो भने ट्याङ्कर चालक झापाको कमल गाउँपालिका-१ का ४६ बर्षीय भिम बहादुर कोईरालालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै भोजपुरको षडानन्द नगरपालिका-१४ स्थित सडक किनारामा रोकेर राखेको को. २ त ८६९७ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा अचनाक ट्याक्टर अगाडी बढी सडक देखी करिब १५ मिटर तल खसेर दुर्घटना हुँदा मामा घरमा बस्दै आएका षडानन्द -१२ का बिकास कार्कीको ८ बर्षीय छोरा सौगात कार्कीको घट्नास्थलमा नै मृत्यु भएको हो ।

ट्याक्टर चालक २२ बर्षीय भुबराज भट्टराईलाई इलाका प्रहरी कार्यालय दिङ्लाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।