ट्र्याक्टर पल्टिएर किच्दा सहचालकको घटनास्थलमै मृत्यु
झापा । झापामा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
झापाको बुद्धशान्तिस्थित भित्री सडक खण्डमा ट्र्याक्टर पल्टिएर किच्दा सोही ट्र्याक्टर सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुमेमा सहचालक बुद्धशान्ति–१ भोटेटार बस्ने २४ वर्षीय प्रेम गुरुङ रहेका छन् ।


