धनकुटाका एक गरि बराहक्षेत्रबाट १७७ किलो गाँजा सहित दुई जना पक्राउ
सुनसरी । सशस्त्र प्रहरी बल सुरक्षा बेस चतरा बराह क्षेत्रबाट १७७ किलो गाँजा सहित दुईजना व्यक्ति पक्राउ परेका छन्।
सुरक्षा बेस चतरा र नं ४ गण हेड वाटर सुनसरीको टोलीले बराहक्षेत्र मन्दिर पूर्वबाट गाजा सहित पक्राउ गरेको हो।
शुक्रबार धनकुटा सहिद भूमि गाउँपालिका १ छिन्ताङका ५७ वर्षीय धनबहादुर राई र सुनसरी बराहक्षेत्र एक शिलापखा बस्ने ३० वर्षीय दीपक राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


