झापाको बिर्तामोडमा हिजोबाट हराइरहेकी एक महिलाको शव फेला
झापा । झापाको बिर्तामोडमा हिजोबाट हराइरहेकी एकजना महिलाको शव फेला परेको छ।
बिर्तामोड-७ खालबाडीकी पुष्पा चाम्लागाईं सापकोटाको शव भेटिएको हो ।
आज बिहान घरको पूर्वपट्टि रहेको निचाझोडा जंगलनजिकैको खोलाको किनारमा स्थानीयहरूले पुष्पाको शव फेला पारेका छन्। उनको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन।
पारिवारिक सम्बन्ध सन्तोषजनक रहेको बताइएको छ भने विष, मदिरा वा कीटनाशक पदार्थ सेवन गरेको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


