इलामबाट जबरजस्ती करणी कसुरमा फरार अभियुक्त पक्राउ

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले जबरजस्ती करणी कसुरको फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम जिल्ला इलाम नगरपालिका १२ साङरुम्बा घर भई हाल देउमाई नगरपालिका ०७ सिद्धिथुम्का ससुराली घरमा बसोबास गर्दै आएका बर्ष २४ को मनोज भन्ने बुद्धिराज लिम्बु रहेका छन ।

लिम्बुले गत असार १८ गते बर्ष २० की इलाम-न (०८१/०८२) लाई जबरजस्ती करणी गरी फरार रहेको थियो । जबरजस्ति करणी गरी फरार रहेका अभियुक्तलाई खोजतलास एंव अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष प्रहरी टोलिले गत वैशाख ११ गते भागी लुकिछिपि बसेको अवस्थामा इलाम नगरपालिका ७ स्थितबाट पक्राउ गरीएको छ ।

पक्राउ परेका निज अभियुक्तलाई जिल्ला अदालत इलाममा उपस्थित गराई मिति २०८२ साल वैशाख ११ गते देखी लागु हुने गरी दिन ५ म्याद थप भई जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान कार्य भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।