संखुवासभामा रुखमा घांस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ ।

हिजो शुक्रबार मकालु गाउँपालिका- ५ नुममा रहेको नुङदाङ जंगलमा रामकुमार राईको छोरा वर्ष १८ को सलाम भन्ने निशान राईकाे कटुसको रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए ।

कटुसकाे रुखभन्दा माथि रहेको बिजुलीको तारले अचानक रुखलाई छोई करेन्ट लागी निज सलाम भन्ने राई रुखमा अड्किएको अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ ।

उक्त स्थानमा तत्काल नुम प्रहरी चौकीबाट प्रसनि टेकबहादुर श्रेष्ठको कमान्डमा चारजनाको टोली खटिएर गई निज घाइतेलाई स्थानीय मानिसको सहयोगमा रुखबाट निकाली उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम पठाइएकोमा उपचारको क्रममा आज दिउँसाे करिब ४ बजेतिर सोही प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖