सुनसरी र संखुवासभाबाट लागुऔषध गाँजा सहित तीन जना पक्राउ

बिराटनगर, बैशाख १३ गते । सुनसरी र संखुवासभाबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ ।

बैशाख १२ गते लागुऔषध औषध गाँजा कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट सुनसरीको धरान- १३ स्थित खटिएको प्रहरी टोलीले बाटोमा को. १ च ७३३५ नम्बरको स्कार्पियो रोकि राखेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त स्कारपियो भित्रबाट कालो प्लास्टिकले प्याकिङ गरि राखेको (१० पोका) ३०० किलोग्राम गाँजा बरामद गरि चालकको खोजतलास गरिरहेको छ भने भोक्राहा नरसिंह गाउँपालिका-६ बाट को. १६ प ६४७४ नम्बरको स्कुटी चालक बराहक्षेत्र नगरपालिका-१ का २८ बर्षीय समिर राई र पछाडी सवार २८ बर्षीय संजिव राईलाई ३१ किलोग्राम गाँजा सहित प्रहरी चौकी चिरौलीचोकले नियन्त्रणमा लिएको ।

त्यसैगरी इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाको हिरासत कक्षमा रहेको आगुऔषध मुद्धाको प्रतिबादी धर्मदेबी नगरपालिका-४ का ५९ बर्षीय गोपाल अधिकारीको घरमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने खुल्न आएसगै खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा निजको बाख्राको खोरमा लुकाई छिपाई राखेको तयारी गाँजा ३ किलो ११४ ग्राम फेला बरामद गरेको हो ।

बरामद भएको गाँजा र पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।