संखुवासभामा बाँदर खेदाउन जांदा भरुवा बन्दुकले लागेर एक जनाको मृत्यु
संखुवासभा, बैशाख १३ गते । संखुवासभाको सभापोखरी गाउँपालिका-५ बाह्रबिसे स्थित भरुवा बन्दुकले लागेर १ जनाको मृत्यु भएको छ ।
बैशाख ११ गते साँझ सोहि स्थानका ३२ बर्षीय तुफान लिम्बु, २८ बर्षीय चन्द्रमान लिम्बु र २५ बर्षीय कुमार लिम्बु बाँदर खेदाउन गएकोमा अचानक चिप्लिएर लड्दा तुफान लिम्बुले बोकेको भरुवा बन्दुकले कुमार लिम्बुको कम्मर भन्दा मुनिको भागमा लागि घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न दुबै जनालाई इलाका प्रहरी कार्यालय वानाले नियन्त्रणाम लिई थप अनुसन्धान भईरहेको छ ।


