झापामा वृद्धालाई कुटपिट गरी सुनका गहना र नगद लुटपाट गर्ने एक ब्यक्ति पक्राउ
झापा । झापामा सुनका गहना र नगद लुटपाट गर्ने एक ब्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४१ वर्षीय मोहम्मद नियामत रहेका छम् ।
उक्त ब्यक्तिले झापाको मेचीनगर–१० टिमाई भ्यालीमा वृद्धा पञ्चुकुमारी राईलाई कुटपिट गरी सुनका गहना र नगद लुटपाट गरेका हुन् ।
घटनामा घाइते भएकी राईको भद्रपुरमा उपचार भइरहेको छ। नियामतलाई सामानसहित धुलाबारी प्रहरीले नियन्त्रणमा लिएको छ।


