लैंगिक हिंसा निवारण सम्बन्धि पत्रकार महिलाहरुका लागि खोज पत्रकारिता तालिम विराटनगरमा शुरु

सर्मिला राई,विराटनगर । लैंगिक हिंसा निवारण सम्बन्धि पत्रकार महिलाहरुका लागि खोज पत्रकारिता तालिम आजबाट विराटनगरमा शुरु भएको छ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाका महिला पत्रकारहरूको सहभागिता रहेको छ।

तालिमको उद्घाटन नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै उहाँले व्यवसायिक र जिम्मेवार पत्रकारिता जोगाउन जरुरी रहेको धारणा राख्नु भयो । पछिल्लो समय लैंगिक हिंसाका मुद्दामा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने समेत बताउँदै अनुसन्धानमूलक पत्रकारिताले पीडितको पक्ष उजागर गर्न सहयोग पुर्‍याउने धारणा राख्नुभयो।

उहाँले पछिल्लो समय प्रेस स्वतन्त्रताका अधिकार हननका घटनाहरु समेत वृद्वि भईरहेको भन्दै यस्ता विषयमा वहस गर्न जरुरी रहेको बताउनु भयो ।

तालिम वैशाख १७ गतेसम्म सञ्चालन हुने तालिमले महिला पत्रकारहरूलाई खोज पत्रकारिताको सीप वृद्वीमा सहयोग पुग्ने अपेक्षा रााखिएको आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रम प्रदेश पत्रकार महासंघका उपाध्यक्ष अम्बिका भण्डारीकाे अध्यक्षतामा भएको थियो ।सञ्चालन महासचिव हिमा चेम्जाेङले गर्नु भएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖