इटहरीमा १४ बर्षिया बालिकाले गरिन् आ’त्मह’त्या
इटहरी । इटहरीमा एक बालिकाले आत्महत्या गरेकी छिन् ।
इटहरी ४ मा १४ बर्षिया एक नाबालिकाले आत्महत्या गरेकी हुन् ।
बालिकाको बुबा बिदेशमा रहेको र आमा आज मात्रै पहाड गएको जनाइएको छ ।
बालिकाको मृत्यु भईसकेको छ तर आमा आए पछि मात्र हामी कोठाबाट निकाल्छौ इलाका प्रहरी कार्यालय इटहरीकी डिएसपी लक्ष्मी भण्डारीले भने ।
घटनाबारे थप विवरण आउन बांकी छ ।-इटहरी न्यूजको सहयोगमा


