मोरङ, सुनसरी र झापाबाट प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जना पक्राउ

विराटनगर, वैशाख १४ गते । मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १३ गते मोरङको बिराटनगर-१६ स्थितमा इलाका प्रहरी कार्यालय रानी सिमाबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१३ का ३६ वर्षीय तीर्थ राईलाई प्रतिबन्धित औषधी AVIL, DIZEPAM, LUPIZESIC र PHENARAGAN गरी ४० एम्पुल सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङलर उर्लाबारी-७ का २३ वर्षीय अभिषेक ओलीलाई Medidole- ६५ क्याप्सुल र Anargan- ६५ ट्याबलेट सहित पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको धरान-१६ बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले सोही स्थानकी २३ वर्षीया सिमा राई र सन्ध्या थापालाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा १६० क्याप्सुल सहित पक्राउ गरेको छ भने झापाको बिर्तामोड नगरपालिका-४ का ३३ वर्षीय रवि दास र पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भई हाल बिर्तामोड-३ स्थित डेरा गरी बस्दै आएका ३४ वर्षीय सन्तोष लिम्बुलाई ५८ ग्राम ५ मिलिग्राम गाँजा सहित प्रहरी चौकी बिर्ताबजारले नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।