संखुवासभाको खाँदबारीमा घरमै सुतिरहेका वृद्धको हत्या

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा घरमै सुतिरहेका एक वृद्धको हत्या भएको छ। हत्या गरी फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शनिबार राति करिब १२ बजेतिर आफ्नै घरको बरन्डामा सुतिरहेका ७२ वर्षीय मीनबहादुर कुमालमाथि दुई अपरिचित व्यक्तिले आक्रमण गरेका थिए। इलाका प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार घाँटी थिचेर गम्भीर घाइते बनाइएका कुमाललाई तत्काल उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको समयमा कुमालले चिच्याएपछि घरभित्र सुतिरहेकी उनकी पत्नी सुनमाया कुमालले बाहिर निस्केर हेर्दा दुई अपरिचित व्यक्तिहरू कुमालमाथि आक्रमण गरिरहेका थिए। उनले होहल्ला गरेपछि छिमेकीहरू घटनास्थलतर्फ दौडिए पनि आक्रमणकारी भने त्यसअघि नै फरार भइसकेका थिए।

घटनापछि फरार रहेका व्यक्तिहरुको पहिचान र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हत्या किन र कसरी भएको भन्ने कारण हालसम्म खुल्न सकेको छैन।

प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाएको छ। संखुवासभा जिल्ला प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।

मृतक कुमाल र उनकी पत्नी मात्र घरमा बस्दै आएका थिए भने उनका दुई छोरा विदेशमा रहेका प्रहरीले जानकारी दिएको छ।-खांदबारी एफ एम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖