विराटनगरमा गुडिरहेको टिफरमा आगलागी भएपछि…
विराटनगर ।मोरङको बिराटनगर बिराट्चौक सडक खण्डको मिलनचौकमा दिउसो करीब १:५० बजेको समयमा गुडिरहेको टिफरमा आगलागी भएको छ ।
मोरङको मोतीपुरबाट इनरुवाको भुटाह तर्फ गिट्टी लोड गरेर जादै गरेको प्र १-०२-००१ ख ८५३१ नम्बरको टिफरमा अचानक आगलागी भएको अस्थाई प्रहरी चौकी घिनाघाटले जनाएको छ ।
आगलागीबाट टिफरको अघिल्लो भाग पुर्ण रुपमा जलेको छ । टिफरका चालक साजन सरदारका अनुसार गाडिमा धुवाको गन्ध आएपछि रोकेर हेर्दा आगो सल्कि सकेको र नजिकैको घरबाट बाल्टिमा पानी बोकेर निभाउने प्रयास गर्दा आफुले आगो नियत्रणमा लिन नसकेको बताए ।
टिफरमा लागेको आगोलाई बिरटनगर महानगरपालिकाको दमकलले करिब २० मिनेटको प्रयासमा नियन्त्रणमा लिएको थियो । टिफर चालक सरदारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको अस्थाई प्रहरी चौकी घिनाघाटका प्रमुख सही राझेश खड्काले बताउनु भयो ।-पूर्वी प्रेस


