बिर्तामोडमा २९ लाख बराबरको चोरी
झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका–४ स्थित एक घरमा कोही नभएको अवसर छोपी मुख्य ढोकाको चाबी फोडी दराजभित्र राखिएको नगद ७० हजार रुपैयाँ र करिब १५ तोला ४ आनी बराबरको सुनचाँदी चोरी गरिएको प्रहरीले जनाएको छ।
चोरीबाट कुल अन्दाजी २९ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।


