धनकुटा चौबिसेका राजेश बिदेशबाट फर्केर कृषिमा रमाउंदै (फोटो फिचर)
सैलेन्द्र तामाङ/जेठ ८,(चौबिसे),धनकुटा । धनकुटाको चौविसे गाउपालिका वडा न ३ का राजेश कुमार याक्खा कृषि पेसामा रमाइ रहेका छन। वैदेशिक रोजगारी बाट फर्किएका याख्खा देशमै केही गरेर आर्थिक उपार्जन गरिरहेका छन ।
याखा अहिके ३२ वर्षको उमेर मा जोस जागर लगाएर सल्लेरी कृषि फर्म को स्थापना गरेर त्यहां तरकारी बालिहरु तमाटर, क्याप्सिकन खोर्सानी, साग लगायत का तरकारिहरु लगाएका छन ।
उनले फलफुलहरुमा स्याउ करिब १ सय ५० बोट, कागती ४० बोट, एभोकाडो २२ बोट गरि फलफुल र तरकारी बाली गरेर १६ रोपनी जमिन मा कृषि खेती गरिरहेका छन । फलफुल बाट तत्काल आम्दानी नभएपनि तरकारी बालीबाट बार्षिक ६०/ ७० हजार आम्दानी गरोरहेको उनले जानकारी दिए ।
याख्खा ले तरकारिहरु धरानबाट कुरुले आउने गाडिबाट धरान पठाएर बिक्री गरिरहेको र भने केही गाउँमा नै बिक्री गरेर मनग्ये आम्दानी गरिरहेको जानकारी दिए ।
उनले कृषि घ्यान केन्द्र बाट १ लाख,पालिका बाट मिनि टिलर र बीउ बिजन्हरु अनुदान पाएका उनले खुसी ब्यक्त गरे ।
उनी भन्छन -“कृषिको बजारीकरणको लागि सबै गाउँबसिहरुले बस्तु उत्पादन गरे ब्यापारिलाई गाउमै ल्याएर बिग्री गर्न सकिन्छ ।”
उनी आम युबा साथिहरुलाइ वैदेशिक रोजगारिमा नगई देशमा नै केही गरि आर्थिक उपार्जन गर्नु सन्देश दिन्छन ।
कृषिमा बजारिकरण, तालिम,सिचाइ लगायतको समस्याहरु भएपनि क्रमिक रुपमा समधान हुँदै रहेको उनले बताए ।
राज्यले बजारीकरण गरि दिने हो भने अझै सहज हुने उनको भनाई छ ।
उनी कक्षा ११ मा पढेर घरको आर्थिक अवस्था सुधार्नका लागि बिदेश गएका थिए तर विदेश मा दुख पाएपछी कृषि गर्न प्रेरणा मिलेको उनी बताउछन ।
भविस्य मा यस फम लाई अझ ब्यवस्थित र आधुनिक बनाई निरन्तर कृषिमा लागेर आर्थिक उपार्जन गर्ने कुरा उनले बताए ।(प्रशिक्षार्थी पत्रकार )














