धनकुटामा मल्टिमिडिया र पत्रकारितामा एआइको प्रयोग सम्बन्धी तालिम सुरु
धनकुटा, २४ जेठ । धनकुटामा आजदेखि मल्टिमिडिया तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता एआइ को प्रयोग सम्बन्धी चारदिने तालिम सुरु भएको छ।
तालिम नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजना तथा कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सुरु भएको हो।
तालिमको उद्घाटन कोशी प्रदेशसभा सदस्य निरन राईले गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै सांसद राईले एआइ प्रविधिको प्रभावकारी प्रयोगले पत्रकारितामा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले प्रविधीमा सबै अपडेट हुन सबै पत्रकार लाई तालिमले सहयोग पुग्ने बताउनु भयो ।
तालिममा धनकुटा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध ३५ जना पत्रकारहरूको सहभागिता रहेको छ। प्रशिक्षक जीवन भण्डारीले तालिमको सहजीकरण गर्नु भएको छ ।
तालिममा सहभागिता लाई मल्टिमिडिया सामग्री निर्माण, डिजिटल पत्रकारिता, पछिल्लो समय प्रयोगमा आउको एआइ प्रविधिको उपयोगता सम्बन्धी सिप र ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले बताउनु भयो ।


