धनकुटाका किसान फौजी किराको प्रकोपले चिन्तित

धनकुटा,३० जेठ । खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि धनकुटाका किसान चिन्तित भएका छन् ।

फौजी किराको प्रकोप देखिएपछि गोड्ने बेला भएका र दोहोराउने बेला भएका मकै वालि फौजी किराको प्रकोप कै रुप लिए पछि किसान चिन्तित भएको धनकुटा नगरपालिकाका कृषक शुक्रबहादु राईले बताए । त्यस्तै फौजिकीराले किसानको मकैमा निकै ठूलो समस्या सिर्जना गरेको छथर जोरपाटी ४ का किसान वेगबहादुर थापाको भनाई छ ।

धनकुटाका मकै उत्पादन हुने अधिकांस स्थानमा फौजी किराको प्रकोप रहेको छ । दिनमा भन्दा राती बढी सक्रिय हुने भएकोले यसको समस्या झन बढी रहेको किसान बताउँछन् । जिल्लाका अधिकांश किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाले आकस्मिक प्रकोपमा सहयोग कार्यक्रम मार्फत किसान लाई बिषादी वितरण गरि रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताए । विषादी प्रयोग गर्दा समेत किरा रहेको मकैको गुवामा पर्ने गरि प्रयोग नगरिएका किरा नमर्ने र त्यसका लागि समेत बिशेष विधी अपनाउनु पर्ने प्रमुख राना मगरको भनाई छ ।

मकै लगाउने मुख्य सिजनमै यस किराको प्रकोप बढी हुने भएकोले यसको नियन्त्रणका लागि बिषादीको प्रयोग नै उपयूतm हुने कृषि प्राविधीकहरु बताउछन् । वर्षा नभएको अवस्थामा यसको प्रकोप अझै बढी हुने गरेको छ । धनकुटामा करिब १३ हजार ४ सय हेक्टरमा मकै खेती हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖