धनकुटामा एक युवकको शव फेला
धनकुटा,२ असार । धनकुटामा एक युवकको शव फेला परेको छ ।
शव जिल्लाको महालक्ष्मी नगरपालिका १ कटहरे बस्ने २५ बर्षिया दिपेश कटुवाल भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गत असार १ गते दिउंसे धनकुटाको महालक्ष्मी नपा ७ धरधरे स्थित जितपुर लेगुवा सडक खण्डमा निर्माणाधीन बाटोको छेउमा थुपारेर राखेको ग्राभेल सम्याउने क्रममा मानिसको एउटा खुट्टा देखिएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिगई शव निकाली हेर्दा मृतक निज कटुवालको खुलेको प्रहरीले जनाएको छ ।
मृतक गत जेठ ३० गते विहान घरबाट हिडेको भन्ने बुझिएको साथै घट्नाको सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।


