सहिदभूमिमा आर्थिक वर्ष २०८१/०८२ मा कृषि सम्बन्धि विभिन्न अनुदान तथा कार्यक्रम सम्पन्न

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले चालू आर्थिक वर्ष २०८१/०८२ मा कृषि सम्बन्धि विभिन्न अनुदान तथा कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले कृषि क्षेत्रको उत्थानका लागि अनुदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

जस अनुसार ५०% लागत साझेदारी कार्यक्रम अन्तरगत पालिकाले यश वर्ष किसानलाई १३ वटा समूह तथा सहकारी मार्फत १३ थान मिनिटिलर २ लाख ७५ हजारको वितरण गरिएको छ ।

यस्तै लगत साझेदारी कार्यक्रम अन्तरगत ५०% अनुदानमा विषादी स्पेयर ९४ पिस पालिकाको २७ वटा कृषि समूह तथा सहकारीको कृषकलाई वितरण गरिएको छ । माहुरी पालन व्यवसाय वृद्धि विकासका लागि ५० थान आधुनिक माहुरी घार १६ वटा कृषि समूह तथा सहकारीका कृषकलाई ५०% प्रतिशत लगत साझेदारीमा १ लाख ५० हजारको कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले बताउनुभयो ।

यस्तै गरि तरकारी खेती बाट कृषकलाई उत्पादनमा वृद्धि गरि आयआर्जनमा थप सहयोग पुर्याउने उद्देश्यले गाेलभेडाको बीउ ६ हजार ६६ प्याकेट , खुर्सानीको बीउ १ हजार १० प्याकेट २६ वटा कृषि समूह तथा सहकारीका कृषकलाई १० लाख बराबरको वितरण गरिएको छ ।

गोलभेडा बाली संरक्षणका लागि १ हजार ३० केजी किटनासक ढुसि लगायत रोग नियन्त्रण गर्न प्रयोग हुने विषादी ४० हजार बराबरको २४ वटा कृषि समूह तथा सहकारीलाई वितरण गरिएको जनाएको छ ।

यस्तै गरि फौजी किरा नियन्त्रणका लागि किटनासक विषादी किङस्टार निशुल्क ८३ सय ३३ प्याकेट ३ लाख ५० हजारको वितरण कार्य भईरहेकाे छ ।

यस्तै गरि गाउँपालिकाले उन्नत जातको केराखेति विस्तार तथा प्रवर्द्धनका लागि ५०% प्रतिशत अनुदानमा २० वटा कृषि समूह तथा सहकारीका कृषकलाई टिस्यु कल्चर बाट तयार पारिएको उन्नत जातकाे २३ सय ५० बोट केराको बिरुवा १ लाख ५० हजारको वितरण गरिएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनु भएको छ ।

पालिकाले माटोको उर्वर शक्ति बढाउने तथा माटो सुधार गर्ने उद्देश्यले पालिका स्तरीय माटो शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖