धनकुटामा लागुऔषध दुर्व्यसन विरुद्ध प्रशिक्षण सम्पन्न
धनकुटा,३ असार । धनकुटामा लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण सम्पन्न भएको छ ।
धनकुटा नगरपालिका ७ स्थित श्री त्रिवेणी मावि र वडा नं.५ स्थित श्री गोकुण्डेश्वर बाल मन्दिर माविको सभाहलमा पायोनियर ट्रेनिङ रिसर्च सेन्टर प्रा.लि.धनकुटाको आयोजना र जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा प्रशिक्षण सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण तथा जानकारी दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिका ,छात्र ,छात्रा लगायतले सहभागिता जनाएका थिए ।


