“म मेरो घरमा दुर्व्यसनी नभित्रियोस भनि प्रहरीलाई सुचना दिने प्रण गर्दछु” भन्ने प्रतिबद्दता सहित लागू औषध बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न

सुनसरी, असार १२ गते । लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तरराष्ट्रिय दिवस २०८२ को अवसरमा प्रभात फेरी सहित बिभिन्न कार्यक्रमको आयोजना गरी लागू औषध बिरुद्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

“अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ असार १२ गते सुनसरीको इनरुवा नगरपालिका-३ स्थित ओम साई पार्टी प्यालेसमा जिल्ला प्रहरी कार्यालय सुनसरी र Fight Against Narcotics (FAN) जिल्ला कार्य सम्पादन समिति सुनसरीको आयोजना तथा इनरुवा नगरपालिकाको सह-कार्यमा “म मेरो घरमा दुर्व्यसनी नभित्रियोस भनि प्रहरीलाई सुचना दिने प्रण गर्दछु” भन्ने प्रतिबद्दता सहित लागू औषध बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री श्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता, माननीय आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीको बिशिष्ठ आतिथ्यतामा लागू औषध विरुद्ध जनचेतनामुलक प्लेकार्ड सहित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट निस्किएको प्रभातफेरीले बजार परिक्रमा गरी ओम साई पार्टी प्यालेसमा पुगी लागू औषध बिरुद्धको सचेतनामुलक नृत्य तथा झाँकी सहित बिभिन्न कार्यक्रमको आयोजनाका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माननिय मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायत कार्यक्रममा उपस्थित महानुभावहरुले “म मेरो घरमा दुर्व्यसनी नभित्रियोस भनि प्रहरीलाई सुचना दिने प्रण गर्दछु” भन्ने प्रतिबद्दता अंकित व्यानरमा हस्ताक्षर गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले FAN जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नु भएको थियो भने सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले FAN भोलेन्टियरहरूलाई प्रमाण पत्र, CAP र T-Shirt बितरण गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि कार्कीले लागू औषधको दुर्व्यसनले समाजलाई नकारात्क असर पारीरहेको बताउदै सबैको समन्वय र सहकार्यमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न सकिने बताउनु भयो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले लागू औषध दुर्व्यवसनको बढ्दो दरलाई घटाउन प्रदेश सरकार बिभिन्न योजनाकासाथ सचेतनामुलक कार्यक्रमहरुलाई प्रभावकारी बनाउदै निरन्तररुपमा अगाडि बढी रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो भने इनरूवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरी जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले कार्यक्रमको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो । यसै गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले अवको युद्ध दुर्व्यसन विरुद्द भन्ने नारालाई आत्मसाथ गर्दै सबै एक जुट भई अगाडि बढेमा लागू औषध दुर्व्यसनलाई निरुत्साहित गर्न सकिने बताउदै धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा कोशी प्रदेश सभाका सदस्यहरु, प्रदेश तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिकाका प्रमुख तथा उप-प्रमुखहरु, पूर्व प्रहरी कर्मचारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बिद्यालयका शिक्षक एवं बिद्यार्थीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।