आसरा सुधार केन्द्र पानवारी धरानमा लागूऔषध विरुद्धको कार्यक्रम सम्पन्न

विरानगर, असार १२ गते । सुनसरी धरान उपमहानगरपालिका- स्थित रहेको आसरा सुधारकेन्द्र पानवारीमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस २०८२ को अवसरमा “स्वस्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिवद्धताः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ लागूऔषध विरुद्ध बिभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

असार १२ गते आसरा सुधार केन्द्र पानवारी धरानको सभाहलमा केन्द्रका संचालक समिति उपाध्यक्ष शिला बज्राचार्यको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं आसरा सुधार केन्द्र पानवारी धरानका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिले बिभिन्न खेल, नृत्य तथा कविता वाचनमा उत्कृष्ठ उपचाररत सदस्यहरुलाई पुरस्कृत गर्नुका साथै उपचाररत सदस्यहरुले प्रदर्शन गरेको कलाको उच्च सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कार्कीले आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उपचाररत सदस्यहरुले पुनरस्थापना पश्चात नयाँ आशा र विश्वासका साथ परिवार र समाजको खुशीमा रमाउन हृदय देखि नै अनुरोध गर्नु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प धरानका सशस्त्र प्रहरी नायव उपरीक्षक संजिव पौडेल, केन्द्रका संचालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।