धरानमा गर्ल फ्रेण्डको विवादमा खुकुरी प्रहार, एक युवक घाइते
सुनसरी । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवामाथि खुकुरी प्रहार भएको छ ।
बिहिवार साँझ साढे ६ वजे धरान उपमहानगरपालिका–१० स्थित राँगा चोकमा उक्त विवादका कारण खुकुरी प्रहार भएको घटनामा एक युवक घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छइलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगेका अनुसार घटनामा धरान–२० निवासी २८ वर्षीय समिर राई घाइते भएका छन । मोरङका अविनाश राईले पछाडिबाट खुकुरी प्रहार गरेका थिए।
घाइते राईलाई उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।अभियुक्त अविनाश राई फरार छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।


