अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका बारेमा संरचनागत सुधार, नीतिगत र समग्र प्रणालीको सुधारका लागि सरकारले पहल सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । सोही समितिमार्फत अध्यागमन प्रणालीको नीति, कानुन र संरचनात्मक सुधार गरिने गृहको दाबी छ । गृहमन्त्री रमेश लेखकका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुधारका लागि केन्द्रित भएर अध्ययन सुरु भइसकेको जानकारी दिए ।

मन्त्री लेखकले प्रमुख प्रतिपक्ष माओवादीसँग जेठ ३० गते भएको दुई बुँदे सहमतिको जगमै सरकारले समिति बनाएको र यसले नीतिगत सुधारको दिशामा काम गर्ने प्रतिक्रिया दिए । दुई बुँदे सहमतिमा अख्तियारको अनुसन्धानलाई सरकारले सहयोग गर्ने, अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारमा ठोस पहल गर्ने विषय समावेश छ ।

अध्यागम सुधारका सम्बन्धमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे भन्छन्,‘समितिले अध्यागमनका बिद्यमान समस्या जटिलताबारे अध्ययन र छानबिन गरी समग्र अध्यागमन प्रणाली सुधार गर्न नीतिगत कानूनी र संरचनगत सुधारका लागी सरकारलाई सुझावसहितको सिफारिस गर्नेछ ।’समितिले समस्याको दीर्घकालिन समाधान खोज्ने, नेपाल बाहिर जाने र देशभित्र प्रवेश गर्ने व्यक्तिको आवतजावतलाई व्यवस्थित र सरलिकृत गर्नेमा आफू विश्वस्त रहेको घिमिरेले बताए ।

अध्यागमनमा कुनै पनि भ्रष्टाचारजन्य अनियमिताको सघन अनुसन्धान गर्ने पाटोमा अख्तियार अनुसन्धान आयोग जस्तो संवैधानिक निकाय सक्रिय भएको अख्तियारको अनुसन्धानलाई कहीकतैबाट असर् नपर्नेगरी सरकारले समिति बनाएको मन्त्री लेखकले बताए । समितिलाई ९ बुँदे कार्यादेश दिइएको छ, जसअनुसार अध्यागमन सुधार, प्रविधि प्रयोग, अन्तर्राष्ट्रिय अभ्यास, र यात्रु सहजताको उपायहरू पहिल्याइनेछ । र सोही अनुसार कार्यान्वयनमा लैजान सरकारले अग्रसरता लिने जनाइएको छ ।

हालै अध्यागमनमा देखिएका समस्या समाधानको समाधान खोजिएका बेला गठन भएको समिति दिर्घकालिन सुधारको मोडेल बन्न सक्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रशासनिक सुधारमार्फत अध्यागमको समस्यालाई दिर्घाकालिन समाधान गर्न र्पूमुख्यसचिव कै नेतृत्वमा समिति निर्माण भएकाले सोही अनुसारको परिणाम आउने सचिवालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖