सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

सुनसरी, असार १४ गते । सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार १३ गते लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बिभिन्न स्थानहरुबाट चेकजाँचको क्रममा २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न धरान- ११ का १९ को सुअन तामाङ र २७ बर्षीय मिसन राई, धरान- १५ का ३२ बर्षीय रोमन शाही, २५ बर्षीय अरुण मण्डल, ३० बर्षीय सागर तामाङ र ३१ बर्षीय प्रस्ताव राई र ओसार पोसारमा प्रयोग भएका २ थान सवारी साधान सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ बर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका- ८ बाट २ ग्राम ५०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।