धरानको सेउती पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

इटहरी । धरान ८ सेउती पुल नजिक कोशी राजमार्गमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४३ प–३३१५ नम्बरको मोटरसाइकल रोलरमा ठोक्किँएर दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये इटहरी–१९ तरहराका ३८ वर्षीय सुरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले पुष्टि गरेको छ।

उनको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो। घटनामा इटहरी–२० निवासी १७ वर्षीय विराज पुरीको दुवै आँखामा सुन्निएको छ भने इटहरी २० का सुमित शाहीको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकललाई धरान उपमहानगरपालिका–३ स्थित तीनकुने प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।