डाक्टरको लापरबाहीले बालकको मृत्यु, सिरहा प्रादेशिक अस्पतालमा तालाबन्दी

मुकेशकुमार यादव/सिरहा, १५ असार । प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना  बालकको मृत्यु भएको छ।
 
उपचारका लागी गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको मृत्यु भएको हो। 
 

डाक्टरकै लापरबाहीले मृत्यु भएको भन्दै उनका परिवार र आफन्तजनले अस्पताल घेराउ गरेका छन । 
 
बालकको मृत्युपछि आक्रोशित बनेका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै प्रादेशिक अस्पतालमा होहल्ला तथा तालाबन्दी समेत गरेका हुन् ।
 
उनीहरुले अस्पताल प्रशासनसँग न्यायको माग गर्दै लामो समयसम्म नाराबाजी गरेका थिए ।
 
राजन महरालाई लामो समय देखि ज्वरो लागेर उपचारको लागि अस्पताल पुर्‍याइएको थियो  तर  चिकित्सकले समयमा उचित उपचार नगरेकै कारण महराको मृत्यु भएको परिवारजनको आरोप छ ।

`समयमै डाक्टर आएर उपचार गरेको भए हाम्रो बच्चा बच्थ्यो,  `मृतकका एक आफन्तले भने, ´ `घण्टौंसम्म डाक्टर नआएपछि हामी आफै भित्र गयौं, त्यतिबेला सम्म बच्चाको अवस्था एकदमै  गम्भीर भइसकेको थियो ।´
 

मृतक बालकको शव हाल पनि अस्पतालमै राखिएको छ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। अस्पताल प्रशासनले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।