सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दै

काठमाडौं, १६ असार । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैँछ ।
 
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।
 
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।
 
विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गरिनेछ । जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖