ताप्लेजुङमा खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङमा खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । जिल्लाको मिक्वाखोला गाउँपालिका -३ लिबाङका २५ बर्षीय लाक्पा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
शेर्पा आज (सोमवार) दिउँसो साढे १ बजे तिर फुङलिङ नगरपालिका वडा १ स्थित तमोर नदीमा नुहाउन गएका थिए । सोही क्रममा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले बताएको छ ।
बेपत्ता भएका शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकको रुपमा काम गदै आएका थिए । बेपत्ता शेर्पाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी सहायक निरीक्षक ओम नारायण श्रेष्ठको नेतृत्वमा ५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


