१८ प्रतिशत मात्र धान रोपाइँ, आकाशे वर्षाको पर्खाईमा किसान

मुकेश कुमार यादब/सिरहा , १७ असार । सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाई भएको छ।  लामो समयदेखि आकसे वर्षा नभएका कारण जिल्लाभरीमा करीव १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो । 

लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन ।

लामो समयदेखि वर्षा नभएको तथा खोतहरुमा सिँंचाइको सुविधासमेत नभएकै कारण हालसम्म करीब १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठले जनाएको छ । पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र पछि पर्याप्त वर्षा पनि नभएका कारण अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको केन्द्रका प्रमुख महासेठले बताए। 

 

असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म १८ प्रतिशत मात्र धान रोपाइ भएको उनले बताए । वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक आर्टिफिसियल सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन्।

 

अधिकांश किसानहरु अझै आकाशे पानीको प्रतिक्षामा छन् ।

 

यस्तै कृषि मजदूरको आभावमा पनि वर्षेनी धानखेती प्रभावित हँुदै आएको छ । एकातिर सिँचाइको अभाव अर्काेतिर आवश्यकता अनुसार कृषि मजदूर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको गोलवजार १० का किसान राम किसुन महतोको गुनासो छ । सिरहामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

सिरहामा कूल धान खेती योग्य ५४ हजार क्षेत्रफल जग्गा छ। तर, हाल सम्म जम्मा ९ हजार सात सय विस हेक्टर जग्गामा मात्र धान रोपाई भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।