दुई किशोरी २ दिनदेखि बेपत्ता

नुवाकोट, असार १७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित दुई किशोरी विगत दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भद्रुटारस्थित भेडाबारीकी १४ वर्षीया रजिना फुयाल र १७ वर्षीया बिनिता विक रहेका छन् ।

उनीहरू असार १५ गते घरबाट नजिकैको रोपाईं मेलामा गीत सुन्न भन्दै निस्किएका थिए । तर त्यसयता उनीहरू सम्पर्कविहीन भएका हुन् । हराएको दुई दिन बितिसक्दा पनि दुवै किशोरीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

मेलमिलाप केन्द्र भद्रुटारका संयोजक मनोहर भट्टराईका अनुसार आफन्त तथा अन्य सम्पर्क माध्यममार्फत खोजतलास गर्दा पनि उनीहरूको अत्तोपत्तो लागेको छैन ।

परिवार, स्थानीयवासी र प्रहरीको सहयोगमा खोजी कार्य जारी रहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।