पहिरोले कारमा क्षति, एक जना घाइते

नुवाकोट, असार २१ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरगाउँ स्थित टोखा-छहरे सडकखण्डमा पहिरो खस्दा एक गाडीमा क्षति पुगेको छ भने एक जना यात्री घाइते भएका छन्।

शनिबार बिहान ९:१० बजे काठमाडौँबाट दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको BAD ३७७३ नम्बरको कारमा माथिबाट अचानक पहिरो खसेको हो।

उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका-७ निवासी करिब ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठको हात र काँधमा चोट लागेर सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनलाई तत्काल स्थानीय छहरे मेडिकलमा उपचारका लागि पठाइएको छ।

घटनामा कारमा क्षति पुगेको छ भने पहिरोले सडक अबरुद्ध बनाएको थियो। अहिले बाटो एकतर्फी रूपमा सञ्‍चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖