सुनसरी, झापा र धनकुटाबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ पक्राउ

बिराटनगर, असार २१ गते । लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार २० गते सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-३ का ३१ बर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित र इटहरी-१७ का २४ बर्षीय बलराम चौधरी, इटहरी-१९ का ३२ बर्षीय अरबिन्द्र भण्डारीलाई १२ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी झापाले इलाम नगरपालिका-९ का २५ बर्षीय गंगाराम चौहान र २० बर्षीय सुजन अधिकारीलाई २ सय २० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले पाख्रिवास नगरपालिका -८ का भिम बहादुर राई ७ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।