भोजपुरमा श्रीमानले ससुराली पुगेर गरे श्रीमति सहित चार जनाको हत्या
भोजपुर । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका राजेन्द्र राईले आफ्नी श्रीमतीसहित ससुराली घरका चार जनाको हत्या गरेका छन्। उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुरले पुष्टि गरेको छ।
प्रहरीका अनुसार राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सपन गिरीको हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार मनिषाको विषयमा विवाद हुँदा घटना घटेको देखिएको छ।
राजेन्द्र राई मनिषालाई लिन ससुराली पुगेका थिए। विवादका क्रममा सासुले आफूलाई छुरा प्रहार गरेको प्रारम्भिक बयान राजेन्द्रले दिएका छन्। त्यसपछि आक्रोशमा आएर उनले श्रीमतीसहित सबैको ज्यान लिएको स्वीकारेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


