भोजपुरमा ४ जनाको हत्या गरेका राजेन्द्रले दिए प्रहरीसंग यस्तो बयान

भोजपुर । भोजपुरको रामप्रसाद गाउँपालिका–२, धोद्लेखानीमा गएराती भएको एक भयानक घटनामा धारिलो हतियार प्रहार गरी एकै परिवारका चार जना सामूहिक हत्या भएको छ। आफ्नै ससुरालीमा यो जघन्य अपराध गर्ने ज्वाइँ राजेन्द्र राई आफैँ पनि गम्भीर घाइते अवस्थामा छन्।

प्रहरीका अनुसार, घटना शुक्रबार राति करिब १ बजे भएको हो।हत्या हुनेमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी पत्नी ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र ९ वर्षीय छोरा सपन गिरी रहेका छन्।

चारै जनाको शव आइतबार बिहान फेला परेको हो।

कसरी भयो घटना? राजेन्द्रको बयान के छ?
प्रहरीका अनुसार राजेन्द्रको पेटमा २-३ ठाउँमा छुरीको चोट लागेको छ। भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर रिफर गर्ने तयारी भइरहेको छ। प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा राजेन्द्रले भनेका छन्, “राति सुतिरहेको बेला सासूले आफूमाथि आक्रमण गरिन्। ब्युँझिँदा हातमा छुरी देखेँ। त्यही छुरी खोसेर सबैलाई मारेँ।”

गएराति करिब १ बजेतिर यो घटना घटेको हो। राजेन्द्रले आफ्ना ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र ९ वर्षका सालो सपन गिरीको हत्या गरेका हुन्। यो भयानक कार्य गरेपछि उनले हुर्बु भञ्ज्याङ निस्किएर प्रहरीलाई फोन गर्दै भनेका थिए, “मैले चार जनालाई छुरी हानेर आएको छु। शायद मरिसके होलान्।”

प्रेम सम्बन्ध र पारिवारिक विवादको जड
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग यो दोस्रो विवाह हो। श्रेष्ठले भनेका छन्, “पहिलेकी श्रीमतीले छाडेकी रहिछन्। उनीहरूबीच प्रेम सम्बन्ध भएर केही महिनाअघि भगाएर ल्याएको बुझिएको छ।”

भोजपुर नगरपालिका-२ भाम्राङका राजेन्द्रले १६ वर्षमै छोरी भगाएर लगेपछि मनिषाकी आमाले उनलाई फर्काएर ल्याएको बताइएको छ। एक महिनादेखि मनिषा माइतीमै थिइन्। राजेन्द्र ४-५ दिनअघि उनलाई लिन भन्दै ससुराली पुगेका थिए, तर मनिषाका बुबाआमाले छोरीको उमेर नपुगेको भन्दै उनलाई लैजान दिएका थिएनन्।

प्रहरी परिचालन र अनुसन्धान जारी
घटनालगत्तै प्रहरी टोली रातिदेखि नै बिहानैदेखि घटनास्थलमा परिचालन गरिएको छ। चारै जनाको शवको मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि भोजपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले भोजपुरमा ठूलो सनसनी र शोक छाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।