संखुवासभामा सिसुवाखोलाले बगाएर ल्याएको शबको खुल्यो पहिचान
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकाको बुधबारे नजिकै सिसुवाखोलाले बगाएर ल्याएको शबको पहिचान खुलेको छ ।
अन्दाजी बर्ष २३ को जुन राई भनिने अभिषेक कुलुङ रहेको स्थानीयले पहिचान गरेको हो ।
सिलीचोङ-१ तेन्छोङ घर रहेका उनी दिउँसो खोला जान्छु भनि घरबाट निस्केका थिए ।
स्थानीय जनप्रतिनिधि, स्थानीयबासी र प्रहरीले शवलाई डोरिको माध्यमबाट निकालेको हो । निर्माणाधिन मोटरेबल पुलमुनिबाट शव निकालिएको हो ।


